मन्त्रालयले स्थानीय तहमा खटायो उपसचिव, को कहाँ परे त ? (नामावलीसहित)

काठमाडौँ, असार ३१ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानमा उपसचिव खटाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भरतपुर र पोखरा महानगरपालिकासहित १७ स्थानीय तहमा उपसचिव खटाएको हो ।

मन्त्रालयले भरतपुर महानगरको सहायक प्रशासकीय प्रमुखमा सिर्जना थपलिया र पोखरा महानगरको सहायक प्रमुख प्रशासकीय प्रमुखमा कृष्णकुमारी श्रेष्ठलाई खटाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

साउनभित्र सबै स्थानीय तहमा कर्मचारी र प्राविधिकहरु पुर्‍याउने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।

को कहाँ परे त ?

–बर्दियाको राजापुर– केशवराज सुवेदी
– कैलालीको लम्की – दशरथ बुढा
– कैलालीको घोडाघोडी– सुरेश सुनार
– कञ्चनपुरको भीमदत्त– मेघनाथ रिजाल
–रुकुमको चौरजहारी– ज्ञानहरि घिमिरे
–सुर्खेतको पञ्चपुरी– यज्ञ पुरिला
–जुम्लाको चन्दननाथ– हरि पंगेनी
–सर्लाहीको बागमती– शिवराम रेग्मी
–सर्लाहीको बलरा– ज्ञाननाथ ढकाल
–सर्लाहीको गोडैता– विकाउकुमार यादव
– सिरहाको मिर्चैया– कविराज उप्रेती
–बाराको कोल्बही– हरेन्द्रकुमार श्रेष्ठ
–खोटाङको हलेसी– तुवारुङमा सूर्यप्रसाद उपाध्याय
– खोटाङको दिक्तेल– रेखा पाण्डे केसीलाई
–इलामको माइ नगरपालिका– माधवप्रसाद ढकाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *