अब जथाभावी बाटो काट्नेलाई २ घण्टे प्रशिक्षण !

काठमाडौं, असार ३१ । अहिले देशमा सवारी आतंक नै फैलिएको छ । दिनमा ४–५ वटा दुर्घटना हुनु त सामान्य जस्तो नै भइसक्यो । त्यस्तै प्रायः हामी दायाँ बायाँ कतै ध्यान नदिइ जहाँ पायो त्यहीँबाट बाटो काटीरहेका हुन्छौँ । बाटो काट्दा गरिने वेवास्ताले पनि ठुलो दुर्घटना निम्त्याइरहेको छ ।

अब भने महानगरीय ट्राफिक महाशाखाले सडक दुर्घटना कम गराउन र ट्राफिक नियम मिच्नेलाई सचेत गराउन जेब्रा क्रसिङ वा आकाशे पुल बाहेकको अन्य स्थानबाट बाटो काट्नेलाई २ घण्टा प्रशिक्षण दिने भएको छ ।

पैदल यात्रुलाई जेब्रा क्रसिङ र आकाशे पुलबाट मात्रै बाटो काट्ने बानीको विकास गर्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्तो अभियान थाल्ने भएको हो ।

महानगरीय ट्राफिक महाशाखाले सडक दुर्घटना कम गराउन र ट्राफिक नियम मिच्नेलाई सचेत गराउन १२ जना प्रहरी निरीक्षकलाई जुनियर अधिकृतसहित उपत्यकाका जेब्रा क्रस र आकाशेपूल भएका स्थानमा खटाउँदैछ ।

उपत्यकाका कोटेश्वर, ठिमी, नयाँबानेश्वर, थापाथली, पूरानो बसपार्क, केशहरमल, सिंहदरबार,गौशाला, महाराजगंज, कालीमाटी र जावलाखेल लगायतका स्थानमा जथाभावी बाटो काट्ने यात्रु समाउन ट्राफिक प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ ।

यस प्रक्रियामा खटिएका टोलीले जथाभावी बाटो काटिरहेकाहरूलाई बिहान १ देखि ११ र दिउँसो ४ देखि ६ बजेसम्म सडक र यात्रु सुरक्षाबारे प्रशिक्षण दिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *