एक थान पेस्तोलसहित हतियार सप्लाई गर्ने ३ जना प्रहरी नियन्त्रणमा

काठमाडौं, असार ३१ । लामो समयदेखि हतियार सप्लाई गर्दैै आएका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंका इन्सपेक्टर अनिल ठकुरीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई ललितपुरको नखिपोटबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रामेछापको लिखु स्थायी घर भएका कृष्ण बहादुर जोशी, रामेछापको दोरम्बाका आशुराम मोक्तान र ताप्लेजुङका हेमराज पौडेल रहेका छन् ।

प्रहरीले जर्मन पेस्तोल विक्री गर्न हिँडेका ३ जनाको समूहलाई ललितपुरको नख्खिबोटबाट पक्राउ गरेसँगै हतियार किनबेच हुने गरेको खुलेको हो ।

प्रहरीले उनीहरुको साबाट मेड ईन जर्मन लेखिएको ‘७९१७–१९९२ वाई’ नम्बरको एकथान पेस्तोल, दुईथान म्यागजिन र ५ राउण्ड गोली बरामद गरेको छ ।

उक्त समूहलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुरमा बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *