मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

हाइटीका प्रधानमन्त्री गाइ ल्याफोनट्न्टद्वारा राजीनामा

काठमाडौं, असार ३१ । पेट्रोलियम पदार्थको मूल्य बृद्धीपछी चर्कदैं गएको प्रदर्शनका बीचमा हाइटीका प्रधानमन्त्री ज्याक गाइ ल्याफोनट्न्टले राजीनामा दिएका छन् ।

हेइटीका तल्लो सदनमा प्रधानमन्त्री ल्याफोनट्न्टले आफूले दिएको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको जानकारी दिए । पेट्रोल ३८, डिजल ४७ र मट्टीतेलको भाउ ५१ प्रतिशतले बढाएपछि जनस्तरबाट व्यापक विरोध भएको थियो ।

राजधानी पोर्ट ए प्रिन्समा हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारीले सरकारविरुद्ध चर्का नारा लगाउनुका साथै ठाउँ ठाउँमा तोडफोड गरेका थिए ।

सुरक्षा कार्वाहीमा चार जना मारिए भने दर्जनौ घाइते भएका छन् । प्रदर्शनकै क्रममा प्रदर्शनकारीले सरकारी कार्यालय, सवारी साधनमा क्षति पुर्‍याउनुका साथै लुटपाट मच्चाउँदा स्थिति नियन्त्रण बाहिर गएको थियो ।

मूल्य समायोजन नभएसम्म प्र्रदर्शन जारी राख्ने प्रदर्शनकारीले जनाएका छन् । प्रधानमन्त्रीले राजीनामा दिएपनि मूल्य समायोजनबारे केही निर्णय लिइएको छैन ।

प्रतिकृयाहरु
Loading...