लगातारको वर्षाका कारण नेबेर र तिरगाउँ पहिरोको उच्च जोखिममा

धादिङ, असार ३१ । वर्षाका कारण उत्तरी धादिङको धेरै ठाउँमा पहिरोको जोखिम बढ्न थालेको छ । रुवीभ्याली गाउँपालिकाको विभिन्न वस्तीमा शुक्रबार रातिदेखि परेको वर्षाका कारण पहिरोको जोखिम बढेको स्थानीयले बताएका छन् ।

वर्षाका कारण रुवीभ्याली गाउँपालिकाको वडा नम्वर ५ नेवेर र वडा नम्वर ६ तिरगाउँमा ठाउँ ठाउँमा जमिन चिरा परेको, बस्ने घरभित्रको जगनै चिरा पर्नुको साथै भासिदै गएको तिर गाउँका बलबहादुर गुरुङले जानकारी दिनुभयो । वर्षासँगै बस्तिभित्रको जग्गा चिराचिरा पर्न थालेपछि माथिबाट पहिरो आएर पुर्ने तथा तलबाट माटो बगेर जाने हुँदा चिन्ता थपिएको गुरुङले बताउनुभयो ।

रातभरी पानी पर्दा पहिरोको डरले सुत्न नसकेको तिरगाउँकै निरबहादुर तामाङले बताउनुभयो । तिरगाउँमा पहिरोको जोखिम बढेपछि अहिले त्यहाँका ५० परिवार सुरक्षित ठाउँको खोजिमा छन् । सुरक्षित ठाउँका लागि उनीहरुले सरकारसँग आग्रह गरेका छन् ।

यस्तै रुवीभ्याली गाउँपालिकाकै वडा नम्वर ५ नेवेरको केही वस्तीमा पनि पहिरो खसेको स्थानीय किस्मान तामाङले जानकारी दिनुभएको छ । लगातार पानी परेसँगै गाउँमा पहिरो जाँदा ६० रोपनी बारी पुरिएको तामाङले बताउनुभयो । उहाँका अनुसार पहिरोले स्थानीयको तरकारी बारी, कोदो, अलैची, मकैबारी पुरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *