इजरायलमा सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला
२०७४ जेठ १५ गते

“
काठमाडौं, असार ३१ । इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले हमास लडाकु समूहविरुद्ध गाजामा सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला गरिएको बताउनुभएको छ ।
शनिबार इजरायलमा रकेटहरू प्रहार गरिएपछि जवाफी आक्रमण गरिएको बताउँदै उहाँले आवश्यक परे थप कारबाही गरिने उल्लेख गर्नुभएको छ ।तर प्यालेस्टिनीहरूले एउटा युद्धविराम सहमति गरिएको बताएका छन् ।
प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले गाजा शहरमा गरिएको एउटा हवाई आक्रमणबाट दुईजनाको मृत्यु भएको र १२ जना घाइते भएको बताएका छन् ।
इजरेली प्रतिरक्षा बल (आइडीएफ) ले बेत लाहियास्थित एउटा बटालियन मुख्यालय, उत्तरी गाजास्थित एउटा प्रशिक्षण केन्द्र र अस्त्र भण्डारण लगायत हमास समूहका अखडाहरूलाई निशाना बनाइएको बीबीसीले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








