भारतसँगको दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्ड ८६ रनले विजयी

काठमाडौं, असार ३१ ।  भारतसँगको दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्ड ८६ रनले विजयी भएको छ । इंग्ल्याण्डमा शनिबार राति भएको खेलमा ३ सय २३ रनको लक्ष पछ्याएको भारतलाई ५० ओभरमा २ सय ३६ रनमा अलआउट गर्दैै इंग्ल्याण्ड विजयी भयो ।

भारतका शुरेश रैनाले ४६, विराट कोहलीले ४५ र महेन्द्रसिंह धोनीले ३७ रन बनाएपनि टीमलाई जिताउन सकेनन् । इग्ल्याण्डका लियम प्लङ्किटले ४ विकेट लिए ।

पहिले ब्याटिङ गरेको इग्ल्याण्डले जोय रुटको १ सय १३ रनको सहयोगमा ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २२ रन बनाएको थियो ।इंग्ल्याण्डको जितसँगै तीनवटा एकदिवसीय खेलको श्रृंखला १–१ को बराबरीमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *