प्रियंका र आयुष्मानकाे ‘इन्गेजमेन्ट’ अब बिहे कहिले हाेला त ?

काठमाडौं, असार ३१ ।  अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीकाे इन्गेजमेन्ट भइसकेको छ । डेढ वर्ष लामो प्रेम सम्बन्धलाई अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले अन्ततः विवाहमा परिणत गर्ने भएका हुन्।

इंगेजमेन्ट भएको कुरा आयुष्मानकी आमा रविना देशराज जोशीले खुलासा गरेकी हुन्। रविनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रियंका र आयुष्मानबीच इंगेजमेन्टको तस्बिर सार्वजनिक गर्दै छोरा-बुहारीलाई बधाई दिएकी छन्।

उनीहरुबीच विवाह कहिले हुने हो भन्नेबारे भने खुलाइएको छैन।

प्रियंकाले पनि अाफ्नाे फेशबुकमा फाेटाेसहितकाे स्टाटस राखेकी छिन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *