डाक्टर केसीको समर्थनमा कैलालीको लम्किमा हस्ताक्षर अभियान गरिदै

बौनिया,असार ३० । जुम्लामा १५ औं पटक अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा एक्यवद्धता जनाउदै हस्ताक्षर संकलन अभियान थालिएको छ ।

केसीको समर्थनमा कैलालीको लम्कीमा शनिबार हस्ताक्षर संकलन अभियान गरिएको हो । डाक्टर केसीले उठाएका स्वास्थ्य क्षेत्रका मुद्धाहरु नागरिकको पक्षमा रहेको भन्दै उनीहरुले दवाब स्वरुप कार्यक्रम गरेका छन् ।

अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाप्रति सरकार गम्भीर नभएको बताउदै तत्काल माग सम्बोधन गर्न उनीहरुले सरकार ध्यानाकर्षण गराएको बताईएको छ ।

लम्की दबाब समूहले आयोजना गरेको हस्ताक्षर संकलन अभियान कार्यक्रममा पेसागत स्वास्थ्यकर्मी, विद्यार्थी, शिक्षक, विभिन्न पेसाकर्मी र स्थानीयको सहभागिता रहेकोे थियो ।

लम्की चौराहबाट सुरु भएको प्रदर्शन मिनिमार्केट पुगेर पुन लम्की चौराहमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा करिब ५ सय बढीले समर्थन गर्दै हस्ताक्षर गरेको स्थानीय ललित जैशीले जानकारी दिएका छन् ।

अभियानका क्रममा सहभागि कृष्ण बटाला, रण भण्डारी, जनक सुनार लगायत सयौं युवा वक्ताहरुले डा. केसीले उठाएका माग अनुसार चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने बताए ।

प्रदर्शनमा सहभागिहरुले चिकित्सा शिक्षा विधेयक पारित गर, सिटामोलमा हुने भ्रष्टाचारको अन्त्य गर, सधै छ हाम्रो डाक्टर केसीलाई साथ, कति दिन टिक्छ तिम्रो अधिनायकवाद लगायतका नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।

जुम्लामा डाक्टर केसीले अनसन थालेको १५ औं दिन भइसक्दा पनि सरकारले समस्या समाधानतर्फ चासो नदिएको भन्दै सरकारलाई दवाव दिन सडकमा उत्रिनु परेको सहभागि स्थानीय भुवन तिमिल्सिनाले बताएका छन् । कार्यक्रमको सञ्चालन कृष्ण बटालाले गरेका थिए ।

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश–२०७४ अनुसार नै ऐन बन्नुपर्ने लगायत स्वास्थ्य क्षेत्र सुधारका लागि सात सूत्रीय माग राखेर जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ ।

मस्तिष्कमा देखिएको समस्याका कारण डाक्टर केसी छिनछिनमा अर्धचेत हुने अवस्था पुग्दा समेत सरकारले चासो नदिएको भन्दै देशैभर बिरोध समेत हुन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *