अछाममा ८ वर्षीया बालिका बलात्कृत

अछाम,असार ३०। अछामको साँफेबगर नगरपालिकामा एक आठ वर्षकी बालिका बलात्कृत भएकी छन् । बालिकाकी आमा रोपाइँ गएको बेला २ बर्षकी बहिनी हेर्न बसेकी बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।

पानी माग्ने निहुँमा गएका देवीस्थानका २१ वर्षीय रेवन्त दासले बलात्कार गरेको आरोप छ । घटना २० असारको भएपनि घरमा आफू एक्लो रहेको र पति भारतमा भएकोले डरले उजुरी नदिएको पीडितकी आमाले बताएकी छन् ।

भारतमा रहेका बालिकाका बुवा र बाजुरामा रहेका ठुलो बुवाको सल्लाहमा २८ गते प्रहरीमा जाहेरी गरेको उनले बताइन् ।

पीडीत बालिकाको जिल्लामा उपचार भइरहेको छ । तर, बलात्कारका कारण यौनाङ्गमा भएको घाउमा संक्रमण भएकाले उपचार कठिनाइ रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । बालिकालाई एक पोइन्ट रगत दिइएको छ ।

बलात्कारको आरोप लागेका रेवन्त भने परिवारसहित भारत पसेका छन् । ‘हामीले आरोपीको हुलियासहित परिपत्र गरेका छौं । भारतमा भए समन्वय गरेर थप प्रक्रियामा जान्छौं’ डीएसपी रुकेश तण्डुकारले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *