धरानको विष्णु मावि ‘शिक्षा सेवा सम्मान’बाट सम्मानित

धरान । सुनसरी जिल्लाको धरानस्थित विष्णु मेमोरियल माध्यमिक विद्यालय ‘शिक्षा सेवा सम्मान’बाट सम्मानित भएको छ ।

फोकस नेपाल संस्थाद्धारा काठमाडौमा आयोजित एक कार्यक्रमकाविच सुनसरीबाट धरानको विष्णु मेमोरियल मावीलाई सम्मान प्रदान गरेको हो ।

गुणस्तरिय पठन पाठन र उत्कृष्ठ नतिजा ल्याउने देशभरका विद्यालयहरुको छनौटको आधारमा प्रदेश १ बाट विष्णु मेमोरियल सहित विराटनगरका दुई वटा नीजि माध्यमिक विद्यालयले उक्त सम्मान प्राप्त गरेका हुन् ।

गत असार २० गते राजधानी काठमाण्डौमा आयोजित एक समारोहविच पूर्व प्रधानमन्त्री तथा सर्वोच्च अदालतका प्रधान न्यायाधिश खिलराज रेग्मीले सम्मान पत्र प्रदान गरेका थिए ।

यसअघि हिमाल खबर पत्रिका र कान्तिपुरको साप्ताहीकले गरेको एक सर्वेक्षणमा विष्णु मावि पनि उत्कृष्ट विद्यालयमा परेको थियो ।

हिमाल खबर पत्रिकाले ५ वर्षको राष्ट्रिय परीक्षा बोर्डको नतिजालाई आधार मानेर गरेको सर्वेक्षणको आधारमा विष्णु देशभर मध्येबाट उत्कृष्ट ३३ मध्ये १८ औं स्थानमा पर्न सफल भएको थियो ।

जिल्लास्तरीय तथा क्षेत्रीय स्तरमा उत्कृष्ट शैक्षिक संस्थाको रुपमा चिनिदै आएको यस विद्यालयले संख्यात्मक भन्दा गुणस्तरीय शिक्षामा जोड दिएकोले राम्रो नतिजा ल्याउन सफल भएको बताउछन् विद्यालयका प्रिन्सिीपल वेनिन्द्र कटवाल ।

वि.सं २०४६ सालमा स्थापना भएको यस विद्यालयमा अहिले नर्सरीदेखी प्लसटुसम्म १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *