राजपा संसदीय दलको नेतामा नेता महन्थ ठाकुर सर्वसम्मत चयन

वीरगंज, असार ३० । राष्ट्रिय जनता पार्टी (राजपा)को संसदीय दलको नेतामा नेता महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन्।

सिंहदरबारस्थित संसदीय दलमा शनिबार बजेको बैठकले सर्वसम्मतरुपमा राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई संसदीय दलको नेतामा चयन गरेको राजपाका महामन्त्री तथा प्रदेश नं २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बताए।

‘महन्थजी संसदीय दलको नेतामा चयन हुनुभएको छ। अब सचेतक छान्ने विषयमा छलफल अघि बढिरहेको छ,’ उनले भने।

संघीय संसदको तेस्रो ठूलो दल राजपामा संसदीय दलको नेताका लागि संयोजक ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो आकांक्षी थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *