ट्रिपरको ठक्करबाट राजधानीमा एक महिलाको मृत्यु, सरकारकोे निर्णय कार्यान्वयन भएन

काठमाडौँ, असार ३०। ट्रिपरको ठक्करबाट काठमाडौँको सोल्टीमोडमा एक जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो १ बजे सोल्टीमोडमा ना ७ ख ९४७५ नम्बरको ट्रिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार १८ वर्षीया अनुजा घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक अनुजाका दाजु अनुज भने सामान्य घााइते भएका छन् । घाइते अनुजाको बल्खुस्थित बयोधा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

चापागाउँबाट धादिङ नौविसेमा सिमेन्ट फ्याक्ट्रीका लागि ढुंगा बोकेर हिँडेको ट्रिपरले उनीहरूलाई ठक्कर दिएको थियो । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय यस्ता घटनाहरु उपत्यकामा दिन प्रतिदिन बढ्न थालेपछि सरकारले एकहप्ता अघि मात्रै उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर भक्तपुरमा राती ८ बजेदेखी विहान ५ बजेसम्म मात्र ट्रिपर चलाउन पाइने, दिउसो चलाउन नपाईने निर्णय गरेको थियो ।

सरकारले गरेको यो निर्णय कार्यान्वयन नभएको यस घटनाले प्रष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *