पाल्पामा जडीबुटी उद्योग बन्द

“
पाल्पा,असार ३० । पाल्पामा सञ्चालित जडीबुटी उद्योग बन्द भएको छ ।
गाउँघरमा त्यतिकै खेर गइरहेका जडीबुटीलाई प्रशोधन गरी प्रयोगमा ल्याउने उद्देश्यका साथ सञ्चालित त्यस्ता उद्योग सरकारको स्पष्ट नीति र बजार अभावका कारण बन्द भएको हो ।
तिनाउँ गाउँपालिका–३ झुम्सास्थित जुडीबुटी कारखानामा विगत पाँच वर्षदेखि विभिन्न प्रशोधनयन्त्र तथा सरसामान काम नलाग्ने अवस्थामा पुगेका छन् । जडीबुटी पेल्ने मेसिन, औजारमा खिया लागेको छ । उद्योग बन्द भएपछि विभिन्न किसिमका सरसामान बिग्रिएका छन् । जडीबुटी उद्योग बन्द भएपछि एकजना हेरालुले कार्यालय कुर्दै आएका छन् ।
रु एक करोडको लागतमा सहकारीमार्फत सञ्चालनमा आएको उक्त उद्योगबाट तीतेपाती, काउलो हर्रोबर्रो, तेजपात दालचिनी, अमला, पखनवेद, कुरिलोको बोक्रा, चुत्रोको बोक्रालगायतका जडीबुटी प्रशोधन गरी बिक्री हुँदै आएको थियो ।
जिल्लालाई जडीबुटीको क्षेत्रमा नमूना जिल्ला बनाउने अभियानका साथ विसं २०५६ मा सहकारीमार्फत उक्त उद्योग सञ्चालनमा आएको थियो ।
“








