सुनसरीका ५ पत्रकार स्मृति पुरस्कारबाट सम्मानीत

धरान,असार ३० । सुनसरीको धरानमा स्थापना भएको मनमाया गोपाल कार्की स्मृति सिर्जनशिल पत्रकारीता पुरस्कारबाट सुनसरीका ४ तथा डम्बर बहादुर थापा स्मृति पत्रकारीता पुरस्कारबाट १ जना पत्रकारलाई सम्मानीत गरिएको छ ।

मनमाया गोपाल कार्की स्मृति सिर्जनशिल पत्रकारीता पुरस्कारबाट नागरिक दैनिकका धरान संवाददाता रोहित राई, औजार दैनिकका कार्यकारी सम्पादक तथा बिजयपुर एफ एमका सामाचार वाचक रणध्वज लोहार, सप्तकोसी एफ एम की सामाचार वाचिका गोमा रिजाल तथा पुर्वी हटलाईन दैनिकका पत्रकार राजन केडी सम्मानीत भएका छन् ।

उनीहरुलाई जनही सम्मानपत्र दोसल्ला तथा नगद ८ हजारले सम्मान गरिएको थियो ।

त्यस्तै डम्बर बहादुर थापा स्मृति पत्रकारीता पुरस्कारबाट ईनरुवाका अग्रज पत्रकार राजन निरौला सम्मानीत भए । उनको पुरस्कार राशी नगद १० हजार, सम्मान पत्र तथा दोसल्ला रहेको छ ।

उनीहरु सबैलाई कार्यक्रममा प्रमुख अतिथि १ नं प्रदेशका आन्तरीक मामिला तथा कानुन न्याय मन्त्री हिक्मत कार्कीले सम्मान तथा पुरस्कार बितरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *