डाक्टर केसीको जीवनरक्षाको माग गर्दै प्रदर्शन गर्ने मानवअधिकारकर्मी कृष्ण पहाडीसहित ३१ जना पक्राउ

काठमाडौं,असार ३० । डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने क्रममा मानवअधिकारीवादी कृष्ण पहाडीसहित ३१ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

बालुवाटार अगाडी धर्ना दिन पुगेका पहाडीसहितका मानवअधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिई उनीहरुलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ ।

जुम्लामा अनसनरत डाक्टर केसीको माग पूरा गरी अनसन तोडाउने वातारण मिलाउन सरकारलाई दबाब दिने उद्धेश्यले मानवअधिकारकर्मीहरु दबाब दिदै आएका छन् ।

चिकित्सा क्षेत्रको सुधारको माग राखेर विगत १५ दिनदेखि जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीले राखेका मागहरु पूरा गर्न सरकारलाई दबाब दिन डाक्टर केसीका समर्थकहरूले शनिबार उपत्यकाका माइतीघर मण्डला, नयाँ बानेश्वर लगायत स्थानहरुमा प्रर्दशन समेत गरेका छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *