नेकपाका नेता तथा पूर्वराज्यमन्त्री आलमकाे गंगालाल अस्पतालमा निधन
२०७४ जेठ १५ गते

“
काठमाडौं, असार ३० । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता तथा पूर्वराज्यमन्त्री मोहम्मद मुस्ताक आलमको शुक्रबार निधन भएको छ। उपचारकोक्रममा बाँसबारीस्थित सहिद गंगालाल अस्पतालमा उहाँको निधन भएको हो।
२०७० सालको निर्वाचनमा तत्कालिन एमाले पार्टीका उम्मेदवारका रुपमा उहाँले रौतहट–२ बाट चुनाव जित्नुभएको थियो। २०२२ सालमा जन्मिएका आलम प्रभावशाली मुस्लिम नेता हुनुहुन्थो।
नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीले आलमप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव धुम्बाराहीस्थित पार्टी कार्यालयमा शनिबार बिहान ८ देखि १० बजेसम्म राखिने जनाइएको छ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








