जापानका विभिन्न क्षेत्रमा रोजगारी दिन श्रममन्त्री विष्टको आग्रह

काठमाडौँ, असार २९ । सरकारी स्तरबाटै कामदार पठाउने गरी एमओयु गर्न र जापानका विभिन्न क्षेत्रमा नेपालीलाई रोजगारी दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आग्रह गरेका छन् । शुक्रबार नेपालका लागि नव नियुक्त जापानी राजदूत मासामिची साइगोसँगको भेटमा श्रम मन्त्री विष्टले यस्तो आग्रह गरेका हुन् ।

जपानमा आइटी इन्जिनियरिङ, नर्सिङ, केयरगिभर, मार्केटिङ तथा सेल्स स्टाफ, एकाउण्टिङ, होटल तथा रेष्टुरेण्ट क्षेत्रमा रोजगारीका अवसर दिन जापानलाई विष्टले आग्रह गरेका हुन् । यस्तै केहि समयपछि नेपालले वैदेशिक रोजगारीमा जानेका लागि तालिम अनिवार्य गरेकाले तालिम दिलाउन तथा तालिम स्थल सुदृढिकरणमा समेत जापनको सहयोग पाइने विश्वास व्यक्त गरे ।

जापानी राजदूतले समयसँगै श्रम सम्बन्धि नीति र कानुनमा पनि समयक्रमसँगै परिमार्जन भइरहेको सन्दर्भमा नेपाली प्रशिक्षार्थी श्रमिकलाई जापानमा सहज र व्यवस्थित रोजगारी उपलब्ध हुनेगरी आगामी दिनमा आफूले प्रयास गर्ने आश्वसन दिएका छन् ।

अध्ययन, अध्यापन लगायत विभिन्न पेशा व्यवसायमा संलग्न करिव ८० हजार नेपाली जापानमा रहेको भन्दै दलालले ठगेर जापान पठाउने कार्य बन्द गर्न प्रतिवद्ध रहेको मन्त्री विष्टले बताए । यस्ता गलत कार्य रोक्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त समिति बनाएर मापदण्ड तयारी गरी पारदर्शी बनाउनुपर्नेमा छलफलमा जोड दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *