सलमान खानलाई नेपाल ल्याउँछु भनेर ठगी गर्ने गुरुङ प्रहरी नियन्त्रणमा
२०७४ जेठ १५ गते

“
काठमाडौं, असार २९ । दबङ द टुरका लागि भारतीय अभिनेता सलमान खानलाई नेपाल ल्याउन खोज्ने सीमान्त गुरुङ पक्राउ परेका छन्।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गुरुङलाई सलमान खान लगायतका बलिउड स्टार टोलीलाई नेपाल ल्याउने भन्दै झुक्याएर टिकट बिक्री गरी ठगी गरेको आरोपमा शुक्रबार पक्राउ गरेको हो ।
गुरुङले सलमान खान लगायत अन्य व्यक्ति ल्याउने भन्दै टिकट बेचेर ठगी गरेको देखिएकाले पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
गत फागुन २६ गते काठमाडौँको टुँडिखेलमा हुने भनिएको सलमान खानको दबङ टुर नेपाल स्थगित भएको थियो । त्यसपछि फेरि जेठमा कार्यक्रम गर्ने भन्दै आयोजकले बताउँदै आएका थिए ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








