देश बनाउने हो भने गुण्डा, तस्कर र अपराधीलाई राज्यले पाल्नु हुँदैन: काठमाडौं प्रहरी प्रमुख

“
काठमाडौं, असार २९ । काठमाडौं प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले मुलकलाई सभ्य, शान्त र भय रहित बनाउने हो भने तस्कर, गुण्डा र अपराधीलाई राज्यले पाल्नै नहुने बताएका छन् ।
महानगरीय प्रहरी प्रभाग बलम्वुद्वारा २ सय ५ औं भानु जयन्ती अवसरमा आयोजित खुला कविता प्रतियोगितामा बोल्दै काठमाडौं प्रहरी प्रमुख पोखरेलले अपराध र भय मुक्त समाज निर्माणमा आम नागरिकको भुमिका महत्त्वपूर्ण हुने भन्दै प्रहरी विनाको समाज अकल्पनीय हुने बताएका हुन ।
मानविय मूल्य मान्यतामा रहेर काम गर्ने, जस्तो सुकै दुखः कष्ट सहेर पनि जनताको सेवामा दिन रात लागिरहने प्रहरीको दुखः पिडा बुझ्ने समाजको पनि विकास हुनु पर्छ, न्यायको भिख माग्न आउनेहरू पिडित मैत्री बन्न सकेनन्, पिडक मैत्री समाज मात्र बन्यो । उनले भने ।
कार्यक्रममा वोल्दै कार्यक्रम संयोजक महानगरीय प्रहरी प्रभाग बलम्वुकी प्रहरी निरिक्षक शर्मिला गुरूङले नेपाली साहित्य मार्फत समाजमा सकारात्मक सन्देश दिन र विकृति विसंगति विरूद्व धावा बोल्न आदिकबी भानुभक्तको योगदान महत्वपूर्ण भएको भन्दै कार्यक्रमको आयोजना गरिएको बताईन ।
महानगरीय प्रहरी वृत्तका प्रहरी निरिक्षक अमृत वस्नेतले समाजको हरेक गतिविधिमा सहयोग गर्न र अपराध मुक्त समाज निर्माणमा प्रहरीको भुमिकामा अझ परिस्कृत हुनु पर्ने औल्याए ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशवराज भट्टले पछिल्लो समय नागढुङ्गा नाकाबाट हुने अवैध तस्करी रोकथाममा प्रहरीको सकृय भुमिकामा भइरहँदा अबैध लागुऔषध ओसारपसारलाई निरूत्साहित गर्न युवाहरू र समाजको भूमिका पनि हुनुपर्ने बताए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार प्रकाश सायमीले साहित्यका माध्यमबाट समाजको अन्धकार हटाउन, समाजको रूपान्तरणको साहित्यका मार्फत एउटा भए पनि इट्टा थप्न जरुरी रहेको बताए ।
भानु जयन्ती अवसरमा आयोजित प्रहरी मेरो साथी र लागुऔषध दुब्र्यसनी शिर्षकको खुला कविता प्रतियोगितामा ईसा पौडेल प्रथम, ज्ञानदवहादुर खड्का दोस्रो, मिरा जिसि काफ्ले तेस्रो र काजल थापा चौथो हुन सफल भएका थिए । उनिहरूले क्रमश २० हजार, १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गरेका थिए ।
“








