कोहलपुर उद्योग बाणिज्य संघको उम्मेदवार घोषणा

२०७४ जेठ १५ गते

“
लोकेन्द्र थापा, नेपालगंज । संयूक्त समाबेशी प्यानलको आवश्यकता, व्यवसायिक हक हित र अधिकार हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ कोहलपुर उद्योग बाणिज्य संघको श्राबण १५ गते हुन गईरहेको चुनावलाई लक्षित गर्दै कोहपुरमा संयूक्त समाबेशि प्यानलले आफ्ना उम्मेरदवारहरुको आज एक कार्यक्रमका बिच उम्मेदवार घोषणा कार्यक्रम गरेको छ ।
अध्यक्षमा चक्र बहादुर अधिकारी सहित २१ जना पदाधिकारीहरुको उम्मेरदवारी घोषण गरीएको हो । कार्यक्रमका अध्यक्ष बलराम शर्माले संयूक्त समाबेशी प्यानलका उम्मेरदवारहरुलाइ अबिर लगाएर उम्मेदवारहरुको घोषणा गर्नु भएको थियो । उम्मेरदवारी घोषणा शभा कार्यक्रममा कोहलपुर नगरपालीकाका नबनिर्बाचित उपमेयर सन्जु कुमारी थारु,राजनैतिक दलका नेता, ब्यापारी, बुद्धिजिबीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै संयूक्त समाबेशी प्यानलका उम्मेरदवार चक्र बहादुर अधिकारीले आफु २६ बर्षदेखी ब्याबसाय गर्दै आएको र आफु २६ बर्षको आरोह अबरोहबाट यहाँसम्म आइ पुगेको र आफु ३ बर्ष अगाडी कोहलपुर ब्यापार संघको उपाध्यक्ष जस्तो गरिमामय पदमा बसेर काम गरेको अनुभब संगालेर अध्यक्ष पदको लागी दाबी गर्दैै चुनाबी मैदानमा उत्रिएको समेत अधिकारीले उल्लेख गर्नु भयो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित