डा. केसीको समर्थनमा दाङमा एकल प्रदर्शन ! (फोटोफिचरसहित)

काठमाडौँ, असार २९ । १४ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा दाङमा एक व्यक्तिले एकल प्रदर्शन गरेका छन् ।

लमही–५ दाङका दिल्लीराज खनालले डा. गोविन्द केसीको मागहरु सहि भएको भन्दै सरकारलाई यस विषयमा ध्यान केन्द्रित गराउन तथा घच्घच्याउनका लागि दाङ लमही नगरपालिका–५ गोलघरमा एकल प्रदर्शन गरेका हुन् ।

बारम्बार अनशन बसीरहँदा शुरुमा डा. केसी तिर दिल नलागेका दिल्लीराज खनाल अनशनका एजेण्डाहरु थाहा भएपछि उनको समर्थनमा आफूले एकल प्रयास चालेको बताउँछन् ।

सत्य र राम्रा कामका लागि कुनै पनि संघ संस्था चहारीरहनु नपर्ने तथा एक्लै पनि जागरुक हुन सक्नुपर्ने उनको भनाइ छ । राम्रा कामका लागि पक्ष या विपक्षी जो भए पनि साथ दिनुपर्ने उनले बताए ।

‘सत्य कुरा हमेसा तितो हुन्छ तर बुझ्नुस् दबाइ तितो भएरै बिरामी ठीक गर्छ’ उनले भने यो सरकार यस्तै हो भन्न लागेको मैँले पनि २४ वर्ष भयो । त्यसैले सरकारको मुख नताक्नुस् आफूले जहाँ बाट जसरी सक्नुहुन्छ, डा. केसीको समर्थनमा साथ दिनुस्, एक्लै भएँ भनेर लजाउनु पर्दैन्’

उनले डा. गोविन्द केसीको माग जनहितकै लागि भएकोले सबैले साथ दिन आग्रह गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *