प्रधानमन्त्रीद्वारा पूर्वराज्यमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी, उपचारमा कसर नराख्न निर्देशन
२०७४ जेठ १५ गते

“
काठमाडौँ, असार २९ । प्रधानमन्त्री कपी शर्मा ओलीले हृदयघात भएर बिहिबार गंगालाल अस्पतालमा भर्ना भएका नेकपाका नेता एवम् पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य स्थितिको जानकारी लिँदै उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले गंगालाल हृदयरोग केन्द्रमा गएर रौतहट निवासी आलमको स्वास्थ्य अवस्थाको जानकारी लिँदै उपचारमा संलग्न चिकित्सकलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन् ।
आलमको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्रीले परिवारका सदस्यहरुलाई पनि आस्वस्त रहन प्रधानमन्त्रीले आग्रह गरे ।
आलम गत मंसिरमा भएको संघीय संसदको निर्वाचनमा रौतहट २ बाट वामगठबन्धनको तर्फबाट उम्मेद्वार थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








