डा. केसीको समर्थनमा चिकित्सकः सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प

काठमाडौँ, असार २९ । १४ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने भएका छन् ।

आवासीय चिकित्सकहरूको संस्था नेशनल रेजिडेण्ड डक्टर्स एसोसिएशनले डा केसीको माग सुनुवाई गर्न सरकारले चासो नदिएको र जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएको हो ।

आजदेखि आकस्मिक बाहेकका अन्य सेवा ठप्प पारेका छन्। एशोसियनको आन्दोलनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरान र सरकारले तोकेका र सरकारको लगानी रहेका अन्य सरकारी शिक्षण अस्पतालमा मात्र यसको असर पर्ने भएको छ ।

नेशनल रेजिडेण्ड डक्टर्स एसोसिएशनले सरकारले प्रदर्शन निषेध गरेको क्षेत्र माइतीघरमा बिरामी जाँच गरी विरोध स्वरुप प्रदर्शन शुरु  गरेका हुन् ।

डा. केसीको माग पूरा नगरी सरकार मौन बस्नुले आफूहरू स्तब्ध भएको भन्दै आन्दोलनको कार्यक्रम गर्नुपरेको एशोसिएशनले जनाएको छ । एसोसिएशनमा ३ सयभन्दा बढी आवासीय चिकित्सक आबद्ध छन्।

त्यस्तै त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले त्रिवि अस्पतालमा पनि आजबाट आकस्मिक बाहेकका सेवा ठप्प गर्ने भएका छन् ।

हड्तालबाट हुने असुविधा तथा क्षतिको जिम्मेवार सरकार आफैँ रहने उनीहरूले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =