काठमाडौं–वीरगञ्ज रेल निर्माणको एमओयू अन्तिम चरणमा

“
काठमाडौं, असार २९ । रेल बिभागले काठमाडौ-वीरगञ्ज रेल मार्ग निर्माणका लागी भारतीय पक्षसंग समझदारी पत्र (एमओयू ) गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।
त्यसका लागि आबश्यक सबै प्रक्रिया टुंगिएको रेल विभागका सुचना अधिकारी तथा सिनियर डिभिजनल ईन्जिनियर प्रकाशभक्त उपाध्ययले जानकारी दिनुभयो ।
१ सय २० देखी १ सय ३० किलोमिटरको हाराहारीमा रहने सो मार्ग निर्माणका लागि दुई देशका बिज्ञहरुले बिभिन्न चरणमा अध्ययन तथा रेखाङकनको काम पनि सुरु गरेका छन् ।
एमओयूका लागि वन तथा वाताबरण, उद्योग तथा वाणिज्य, गृह र परराष्ट्र मन्त्रालयबाट प्रतिक्रिया प्राप्त भईसकेको सुचना अधिकारी उपाध्ययले जानकारी दिनुभयो । अब मन्त्रीपरिषदको स्विकृती लिएर बाँकि प्रक्रिया अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।
बिभागले सो परियोजनाको डिपिआर र रेखाङकन यसै वर्ष भित्र सक्ने दाबी गरेको छ । रेलमार्ग बिस्तारका लागी भारतीय पक्षले वीरगञ्ज सुख्खा बन्दरगाहामा ८ सय मिटरको मार्ग समेत बनाईसकेको छ ।
प्रधानमन्त्रीस्तरमा दुई देशीय भ्रमणका क्रममा भएको सहमती अनुसार दुबै पक्षले परियोजनालाई तीब्र गतिमा अघि बढाउने तयारी गरेका छन् । त्यसका लागी भारतीय पक्षले पनि केहिदिन भित्रै कार्यालय स्थापना गर्ने उपाध्ययले जानकारी दिनुभयो ।
“








