प्रधानमन्त्री ओली र प्रदेश ३ नेकपाका सांसदविच आज छलफल
२०७४ जेठ १५ गते

“
काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश ३ बाट प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदसँग छलफल गर्दैहुनुहुन्छ ।
सिंहदरबारमा दिउँसो ३ बजे हुने छलफलमा स्थानीय तहको विकास योजना, तीनको कार्यान्वयन तथा जनगुनासो लगायतका बिषयमा अन्र्तक्रिया हुने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
सो क्रममा सरकारको नीति तथा कार्यक्रमकोकार्यान्वय, बजेट लगायत बिषयमा सांसदहरुको धारणा र सुझाव संकलन हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले प्रदेश २ बाट पार्टीको प्रतिनिधित्व गर्ने सांसदहरुसंग छलफल गर्नुभएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








