गरीब घरपरिवार परिचय पत्र वितरण कार्यक्रम २६ जिल्लामा,कपिलबस्तुबाट शुरु

काठमाडौं, असार २९ । गरीब घरपरिवार परिचय पत्र वितरण कार्यक्रम नेपालको २६ जिल्लामा हुदै छ । त्यसको शुरुवात कपिलबस्तुको मायादेवि गाउपालिकाबाट कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले सुरु गर्नुभएको छ ।

बाँकी ५१ जिल्लामा पनि आगामि दुई बर्षमा गरिव परचय पत्र बितरण गर्ने मन्त्रालयले लक्ष्य लिएको छ।

गरिव परिचयपत्र अति गरिव रातो काड,मध्यम गरिव पहेलो काड र गरिव निलो काड गरेर तिन किसिमका काड बितरण गरिएको छ।

१२ लाख ५० हजार घर परिवारमा सर्वेक्षण गर्दा ३ लाख ९१ हजार ८३१ घर परिवार गरिबीको रेखा मुनि रहेको देखिएको छ । मानव विकास सुचकांकका तल रहेका जिल्लाहरुबाट शुरु गरिएको हो ।

बाँकी ५१ जिल्लाका लागि प्रश्नावली तयार भएको छ । २६ जिल्लामा वितरण गर्नका लागि पनि बजेटको अभाव छ । अहिले जम्मा परिचय पत्र वितरण गर्न ६३ करोडा रुपैयाँ छ, चाहिन्छ ४ अर्व ।

यो जानकारी अर्थमन्त्री र प्रधानमन्त्रीलाई गराईसकिएको छ । प्रधानमन्त्रीसँग कार्ययोजना पेश गर्ने बेलामा पनि यो जानकारी गराइएको हो । अहिलेको ६३ करोड रुपैयाँले त ११ जिल्लामा मात्र वितरण गर्न पुग्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *