आन्दोलनमा उत्रिय महेन्द्र बहुमुखि क्याम्पसका विद्यार्थीहरु

लोकेन्द्र थापा,  नेपालगन्ज । नियमित पठनपाठन नभएको भन्दै महेन्द्र बहुमुखि क्याम्पसका विद्यार्थीहरु आजदेखि आन्दोलनमा उत्रिएका छन् । पश्चिम नेपालको सवैभन्दा ठुलो महेन्द्र बहुमुखि क्याम्पसमा नियमित पठनपाठन नहुदा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । ७ बुदे माग राख्दै विद्यार्थीहरुले आन्दोलनलाई सशक्त बनाएर लैजाने अनेरास्ववियुका जिल्ला सचिव टेकेन्द्र मल्लले बताउनुभयो । टाढादेखि पढनका लागि महेन्द्र बहुमुखि क्याम्पसमा पढन आएका विद्यार्थी दैनिक नपढेरै फर्किरहेको अवस्था आउन नदिन आन्दोलनमा उत्रिएको अनेरास्ववियुका जिल्ला सचिव मल्लले बताउनुभयो ।
विगत लामो समयदेखि विद्यार्थीहरुको समस्यालाई लिएर प्रशासन सामु कुरा राख्दा प्रशासनले आलटाल गर्ने र आफुहरुको मागलाई खिल्ली उडाउने गरेको हुनाले आन्दोलनमा उत्रन बाध्य भएको अनेरास्ववियुका जिल्ला अध्यक्ष हेमराज शाहीले बताउनुभयो ।
विद्यार्थीहरुका सामान्य कुरा पनि क्याम्पस प्रशासनले कुनै पनि किसिमको सुनवाई नगदिदा आफुहरु मर्कामा पर्ने गरेको विद्यार्थीहरुको गुनासो रहेको छ । महोगो फि तिरेर पनि नियमित पठनपाठन तथा भौतिक सुधार समेत नहुदा क्याम्पस प्रशासनको चरम लापरवाही रहेको विद्यार्थीहरुको आरोप छ । बारम्वार क्याम्पस प्रशासनलाई पढाईलाई निरन्तरता दिन दवाव दिदा समेत वास्ता नगरेको र विद्यार्थीहरुको भविश्यमाथि खेलवाड गरिरहेको कारण आन्दोलन वाहेक अरु विकल्प नरहेको हुनाले आन्दोलन गर्न बाध्य भएको विद्यार्थीहरुको भनाई छ ।
क्याम्पस परिसर भित्र रहेको फोहर झाडीले विद्यार्थीहरुलाई ठुलो दुर्घटना हुने गरेको प्रशसनले हेरेको छैन दिनहू सर्पको टोकाईले आजित भएका छन विद्यार्थीहरु त्यैपनि प्रशासनले चासो नदिएको अवस्था रहेको विद्यार्थीहरुको गुनासो छ । झाडीले गर्दा विषालु सर्प, स्याल जस्ता विभिन्न किसिमका विषालु जनावरले विद्यार्थीहरुलाई आतङकित भएका छन । टाढा टाढादेखि नेपालगन्ज महेन्द्र बहुमुखि क्यापसमा ठुलो सपना बोकेर आएका विद्यार्थीहरुको भविश्यमाथि क्याम्पस प्रशासनले खेलवाड गर्दै आएको विद्यार्थीहरुको भनाई छ । नेपालकै ठुलो क्यापसको हालत यस्तो भैदिएको कारण गरिव किसानका छोराहरु पढन नसकिरहेको अवस्था सृजना हुने गरेको उनिहरुको भनाई छ ।
विद्यार्थीहरुले ७ बुदे माग गरेका छन् जसमा छात्रा वासको उचित व्यवस्था, विएससी, सिएसआईटी र विएससीको ल्याव सुचारु गर्न, पुस्ताकालयमा आवश्यक पुस्तकको व्यवस्था, क्याम्पस परिसर भित्र सरसफाईको व्यवस्था , कक्षा कोठामा बत्ति र पंखाको व्यवस्था गर्नुपर्ने, मास्टर डिग्री र विएससी चौथो बर्षको कक्षा अभिलम्ब संचालन हुनपर्ने लगायतका मागहरुलाई अगाडी बढाउदै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । विहान ७ बजेदेखि आन्दोलनमा उत्रिएका विद्यार्थीहरु ९ बजेसम्म क्याम्पस परिसर भित्र नारावाजी गर्दै क्याम्पस प्रशासन कार्यालय, परिक्षा शाखा कार्यालय र लेखा शाखा कार्यालयमा ताल्चा समेत लगाएका छन् । मागको सुनवाई नहुन्जेलसम्म आफुहरुको आन्दोलन जारी रहने सचिव मल्लले बताउनुभएको छ । माग पुरा नगरेर क्याम्पस प्रशासनले जवरजस्ती गरे जस्तो सुकै कदम चाल्न तत्पर रहेको विद्यार्थीहरुको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *