निर्माणको काम पूरा नहुँदै सडक जोखिमयु्क्त

काभ्रे, असार २८  । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा सडकको निर्माण पुरा नभइसक्दै गएरातिदेखि परेको अबिरल वर्षाले बाटोमा पहिरो गएपछि स्थानीयको जनजीवन कष्टकर बनेको छ ।

यही असार मसान्तसम्मका लागि सडक निर्माणको ठेक्का रहेको र सडक निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताए । ‘वर्षातको समयमा ढलान नगरी हिँउदमा गरेको भए सडक जोखिममा हुने थिएन् ।’ उनले भने ।

बिहान पहिरो पन्छाउने काम भए पनि पुनः पहिरो गएको उनले बताए । तिमल्सिनाका अनुसार भोली जिल्लाबाट सिडियो झिकाएर बाटोको अनुगमन गराइ सडकको सर्वेक्षण गराएर भासिएको सडक बनाउने काम गरिनेछ भने पहिरो सम्भावित ठाउँहरुको दीर्घकालीन रुपमा लाभ लिन सक्नेगरी बनाइनेछ ।

सडकमा पहिरो गएको र भासिएको हुँदा मानिसहरु हिँडेर नै आवतजावत गरिरहेको त्यहाँका स्थानीय प्रविन अधिकारीले जानकारी दिए । ‘राती सुत्दा केही भएको थिएन्, बिहान पहिरो गएको रहेछ ।’ उनले भने ।

उक्त सडकलाई जिल्लाले भूकम्पको जोखिमयुक्त ठाउँमा बनाउने भनी गैरसरकारी संस्थाको सहयोगमा खोपासी–ढुंखर्क–च्याम्ब्राङबेसीसम्म निर्माणको आर्थिक वर्ष २०७४ बाट सुरु गरिएको थियो भने यही आर्थिक मसान्तमा सडक निर्माणको काम पुरा हुदैछ ।

नेपालमा विशेष गरी बर्खे विकासका रुपमा सडक निर्माण हुँदै आइरहेको छ । हिँउदमा निर्माण गरिसक्नुपर्ने भए पनि सरकारले हिँउदमा गर्नुपर्ने कामलाई वर्षातको समयमा नै गर्ने अनुमति दिने गर्दछ ।

वर्षातको समयमा सडक बनाउँदा त्यसको आयु कम हुने विज्ञहरु बताउँछन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *