यतीले नयाँ एटिआर ल्यायो, सेवा नेपालगन्जबाट शुरू गर्ने

नेपालगन्ज साउन ८ । यती एअरलाइन्सले भित्राएको नयाँ विमान एटिआर ७२९५०० को सेवा सञ्चालन नेपालगन्ज र विराटनगरबाट गर्ने भएको छ । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा नयाँ विमान नेपाली आन्तरिक उडान क्षेत्रको सर्वाधिक नयाँ (कान्छो) भएको उल्लेख गरिएको छ ।
२ वटा इन्जिन रहेको एटिआर ७२९५०० फ्रेन्च इटालीयन कंसोर्टियम एटिआरद्दारा निर्मित विमान हो ।

७२ सिट क्षमताको एटिआर विमान अत्याधुनिक प्रविधिबाट सूसज्जीत तथा अदितीय कार्यक्षमता प्रदर्शन गर्नुका साथै इन्धन मितव्वयी, न्यून ध्वनी र न्यून हरित ग्याँस उत्सर्जन गर्ने क्षमताको रहेको एअरलाइन्सले भनेको छ ।सिंगापुर स्थित नोर्डिक एभियसन क्यापीटलको वित्तीय सहयोगमा भित्राएको नयाँ जहाज शनिवार काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

नयाँ विमानको कल साइन ९ एम एएमएन रहेको छ ।

कम्पनीले निकट भविष्यमा थप एटिआर ७२–५०० को आगमन सँगै भैरहवा र भद्रपुरबाट समेत सेवा शुरू गर्ने बताएको छ । कम्पनीले अब एक वर्षभित्र थप २ वटा एटीआर ल्याउने बताएको छ । नयाँ जहाज आएसँगै यतिको विमान सङ्ख्या ७ पुगेको छ ।

यतिसंग अहिले ३० सिटे जेटस्ट्रिम९४१ सिरिजका ६ वटा विमान रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *