नेकपा (क्रान्तीकारी माओवादी) वैद्यको प्रशिक्षण बैठक धरानमा सुरु

सुनसरी, असार २८ । नेकपा(क्रान्तीकारी माओवादी) वैद्य समुहको प्रदेशस्तरीय प्रशिक्षणमुलक बैठक सुनसरीको धरानमा सुरु भएको छ ।

धरान १५ स्थित किरात याक्थुङ चुम्लुङ हिममा बिहिबार दिउसो १२ बजेबाट बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनितिक बिषयबस्तु तथा पार्टीले गर्ने भावी योजनाका बारेमा चलरिहेको बैठकमा सहभागी केन्द्रीय सदस्य गणेश कटुवालले जानकारी दिएका छन् ।

बैठकमा पार्टीका केन्द्रीय उपाध्यक्ष सिपी गजुरेलले प्रदेश सदस्यहरुलाई प्रशिक्षण दिईरहेको छन् । १ नं प्रदेश स्तरीय अगुवा तथा प्रदेश सदस्यहरु गरी ७१ जनाको सहभागीता रहेको बैठक शुक्रबार सकिने पार्टीका सुनसरी जिल्ला ईन्चार्ज मनोज प्रधानले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *