खोलाले बगाएर कुँवरको मृत्यु

काठमाडौँ, २८ असार । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल १२ बस्ने ७५ वर्षीय डोरनाथ कुँवरको गएरात १० बजे खोला तर्ने क्रममा बगाएर मृत्यु भएको छ ।

खोला तर्ने क्रममा त्यहीँकै झिँगुखोलाले बगाएर स्थानीय कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

बिहान ११ बजे जिल्लाकै बोहोरेदोभानस्थित झिँगुखोलाको किनारमा नामनखुलेको अपरिचित वृद्धको लास फेला परेको जानकारीका आधारमा प्रहरी पुग्दा कुँवरको लास फेला परेको प्रहरी कार्यालयले विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।

मृतकका छोरा नारायण कुँवर जिल्ला प्रहरी कार्यालय धुलिखेलमा कार्यरत छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *