भक्तपुरमा हनुमन्तेकाे वितण्डा (फाेटाे फिचर)

काठमाडाैं, असार २८ । अविरल बर्षाका कारण भक्तपुरकाे हनुमन्ते खोलामा अाएकाे बाढीका कारण भक्तपुर जलमग्न भएकाे छ ।

भक्तपुरका राधेराधे, जगाती, मध्यपुर ठिमी, सल्लाघारी, सिर्जनानगर, हनुमानघाट लगायतका क्षेत्र जलमग्न हुँदा भक्तपुरबासीलार्इ अावत जावतमा समस्या भयाे ।

दुवाकोट, दक्षिणी बेल्ट, राधेराधे(निकोसेरा सडक, लिवाली, चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्ट, ब्रम्हायणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्र पनि जलमग्न छन् ।

लिवाली जलमग्न हुँदा जगातीबाट कमलविनायक सडक आज बिहान साढे ४ बजेबाट पूर्ण रुपमा अवरुद्ध भएको थियाे ।

हनुमन्ते खाेलाकाे बाढि मानिसहरुको घर र पसलमा पसेपछि खाद्यान्न लत्ताकपडा भिजेका छन् । बाढिकाे चपेटामा परेका स्थानियलार्इ प्रहरी, नेपाली सेना तथा शशष्त्र प्रहरीकाे टाेलीले उद्दार गरेकाे छ ।

नेपाली सेनाका दुई प्लाटुनले तराई क्षेत्रमा जस्तो डुंगामार्फत् फसेकाको उद्दार  गरिरहेको प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए।

भक्तपुरमा अहिलेसम्म डुबानले मानवीय क्षति नभएपनि चाँगुनारायणमा भने पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ।

हेर्नुहाेस फाेटाे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *