काठमाडौंका जनप्रतिनिधिको तलब बढाउन माग, मेयरको तलब ५५ हजार पुर्याउन प्रस्ताव

काठमाडौं, असार २८ । काठमाडौं महानगरपालिकाले काठमाडौँका मेयरलगायत जनप्रतिनिधिको तलब बढाउन प्रस्ताव गरेको छ ।

काठमाडौँ महानगरपालिका परिषदको बैठकले महंगी बढेको र सोअनुसार तलब दिन नसकेको भन्दै महानगरपालिकाका प्रमुख(मेयर) को न्युनतम तलब ५५ हजार पुर्याउन प्रस्ताव गरेको हो ।

महानगरका जनप्रतिनिधिहरुले तलव–सुविधा थोरै भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रदेश सरकारले तोकेको तलब सुविधाअनुसार हाल महानगरका मेयरले मासिक ४६ हजार तलब मात्रै बुझ्दै आएका छन् । यसमा भत्ता लगायत अन्य अतिरिक्त सुविधा अलग्गै हुन्छ । तर यो कम भएको भन्दै महानगरले मेयरको तलब ५५ हजार पुर्‍याउन माग गरेको हो । त्यस्तै उपमेयरको तलब अहिले ४० हजार २ सयबाट बढाएर ४८ हजार बनाउन प्रस्ताव गरिएको छ ।

महानगरपालिका भित्रका सबै वडाध्यक्षको न्युनतम तलब पनि ४० हजार पुर्याउन प्रस्ताव गरिएको छ । हाल वडाध्यक्षहरूको तलब २८ हजार तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *