“नेपाली चलचित्र “”चि मुसी चि”” को रोड सो धरानमा”

धरान, असार २८ । नेपाली कथानक चलचित्र “”चि मुसी चि”” को प्रचार प्रसारको लागी पुर्वका विभिन्न स्थानमा रोड सो सम्पन्न भएको छ ।

चलचित्र टीमले रोड सो गर्ने क्रममा पूर्वका मुख्य बजार झापाको बिर्तामोड, धरानका साथै झापाकै दमकमा पत्रकार सम्मेलन समेत गरिएको चलचित्रका निर्माता शिव राजले जानकारी दिएका छन् ।

सो अभियानको क्रममा हजारौ दर्शकहरुले चलचित्रलाई हेर्ने कुरा जानकारी पाएको निर्माता राजेले बताए ।

यसै क्रममा देश दौडाहामा निस्किएको ‘चि मुसी चि’ टीमले पूर्वी नेपालको विर्तामोड र धरान पछि हेटौडा, चितवन हरिवन, नारायणगढ, बुटवल, भैरहवा, दमौली, काठमाडौँ तथा पोखरामा समेत यस्तो कार्यक्रम गर्नेछ ।

‘डान्स इन्डिया डान्स सिजन ४’ बाट प्रशंसा बटुलेका सुनिल क्षेत्री र एम टिभी स्प्लिट भिल्लामा सहभागि अलिशा शर्माको दमदार नृत्यलाई दर्शकले मन पराएका थिए ।

नेपाल आइडलकी टप ५ प्रतियोगी सुजाता पाण्डेले समेत आफना गायन प्रस्तुती दिएकी थिइन् । उनले सोही चलचित्रको डाईटल ट्रयका साथै अन्य गीतहरु समेत प्रस्तुत गरेकी थिईन चलचित्र टीमले देशैभर प्रमोशनल कन्सर्ट गर्ने निर्देशक दिनेश श्रेष्ठले जानकारी दिएका छन् ।

सो चलचित्र श्रावण ११ गते देशैभरी रिलीज हुँदैछ । अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता रहेका छन् ।

त्यस्तै चलचित्रमा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याल लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् भने फिल्मको लागत १ करोड रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *