नोबेल अस्पतालको श्ययामा छटपटाउँदै सनम, सहयोगका लागि अपिल !

इलाम, असार २८ । दुवै मिर्गौला काम नलाग्ने भएपछि इलाम नगरपालिका–८ का सनम तामाङ अस्पतालको श्ययामा छटपटाइरहेका छन् । २४ वर्षको उमेरमा दुवै मिर्गौला काम नलाग्ने स्थितिमा पुगेपछि उनी अहिले विराटनगरस्थित नोबेल हस्पिटलमा उपचाररत छन् ।

आर्थिक अवस्था एकदमै कमजोर भएकाले उपचारमा सहयोग गरिदिन परिवारले अपिल गरेका छन् । उनको उपचारका लागि अस्पतालले रु १५ लाख खर्च लाग्ने भनेपछि उनकी आमा हर्कमाया तामाङ चिन्तित छिन् । “छोराको उपचारका लागि सहयोग जुटाउँदै हिँडिरहेकी छु”, हर्कमायाले भनिन्, “छोराको उपचारका लागि मेरो र श्रीमान्को नाममा भएको १३ रोपनी जग्गा सकियो, अझै पनि ठीक भएको छैन ।”

जग्गा बिक्री गरेर छोराको उपचार गरे पनि अझै निको भएको छैन दुखेसो पोख्दै हर्कमायाले भनिन्, “बज्रपात पनि गरिबलाई मात्र पर्दोरहेछ ।” उपचारका लागि स्थानीय सहकारी संस्थाबाट डेढ लाख रूपैयाँ ऋण लिइसकेका छन् सनमको परिवारले । ऋण माग्दा पनि अहिले कसैले नपत्याउने स्थितिमा पुगेको हर्कमाया बताउँछिन् ।

भक्तबहादुरका तीन भाइछोरा र दुई बहिनी छोरी छन् । सनम कान्छा हुन् । सनमकी श्रीमती पनि उनी बिरामी परेपछि परिवारसँग सम्पर्कविहीन छन् ।

श्रीमान् लाई अस्पताल लिएर गएकी बुहारी अस्पतालबाटै सम्पर्कविहीन भई हर्कमायाले भनिन् । सनमलाई ११ दिनसम्म आइसियुमा राखिएको थियो ।

आइसियुमा राख्दा धेरै खर्च लाग्यो, ऋण तिर्ने कुनै उपाय छैन, आमा हर्कमायाले भनिन् । परिवारले उपचारका लागि सहयोग गरिदिन आग्रह गर्दै राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय विराटनगरमा खाता नम्बर २२५००२१९१११० मा खाता खोलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *