प्रचण्डलाई मोदीको विशेष निमन्त्रणा, यसकारण जाँदै छन् भारत
२०७४ जेठ १५ गते

“
काठमाडौं, असार २८ । सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारत भ्रमणमा जाने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष निमन्त्रणामा नेकपाका अध्यक्ष दाहाल छिट्टै भारत भ्रमणमा जान लागेका हुन् ।
भारत भ्रमणको क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका प्रमुख पार्टीका अध्यक्षहरुसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।
अध्यक्ष प्रचण्ड मोदिको निमन्त्रणामा साउन दोस्रो साता भारतको नयाँ दिल्ली जाने कार्यक्रम बनेको उनी निकट उच्च स्रोतले बताएको छ ।
तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि प्रचण्डलाई भारत भ्रमणको निम्तो आएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








