गृहमन्त्रीको आदेशमा गलत रिपोर्ट बनाउन डाक्टरलाई दबाब, चिकित्सक संघको कडा आपत्ति

काठमाडौं, असार २८ । डा. भोजराज अधिकारीलाई अपहरण शैलीमा गृह मन्त्रालय लगेर दुव्र्यवहार गरिएकोमा सरकारी चिकित्सक संघ (गोदान) ले आपत्ति प्रकट गरेको छ ।

सरकारी चिकित्सक संघले मंगलबार दिउँसो वीर अस्पताल परिसरमा रहेको ट्रमा सेन्टरमा बिरामी जाँचिरहेका डा. अधिकारीलाई गृह मन्त्रालय लगेर गरिएको दुव्र्यवहारमाथि ध्यानाकर्षण गर्दै समाज र देशमा चिकित्सकहरुकै असुरक्षाको भयावह अवस्था, चिकित्सा सेवाको चरम अवमूल्यन तथा राज्य पक्षबाटै यस पेशालाई अपानित गरिएको भनी आपत्ति जनाएको हो ।

मंगलबार दिउँसो अस्पतालमा बिरामी जाँचिरहेका डा अधिकारीलाई गृहमन्त्री रामबहादुर थापाको आदेशमा गृह मन्त्रालयकै गाडीमा लगेर द्वन्द्वकालका घाइतेहरुको गलत मेडिकल रिपोर्ट बनाउन दबाव दिइएको थियो ।

गोदानका आजीवन सदस्य रहेका डा अधिकारीलाई द्वन्द्वकालका घाइतेहरुको अपांगताको रिपोर्ट उनीहरुको चाहना अनुरुप नै हुनुपर्ने, अन्यथा कारबाही गर्नेु धम्की दिँदै मन्त्रालयमा घन्टौंसम्म दुव्र्यवहार गरिएको संघले विज्ञप्तिमा जनाएको छ।

संघले चिकित्सा पेसामाथि धावा बोल्दै सरकारी पक्षबाटै असुरक्षित महसुस भएको उल्लेख गर्दै घटनाका दोषीमाथि कडा कारबाहीको माग समेत गरेको छ।

अन्यथा पेशाको मर्यादा र अनुशासनको लागि यस संघ जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी समेत संघले दिएको छ ।

अस्पतालको ओपिडीमा बिरामी जाँचिरहेका डा भोजराज अधिकारीलाई मंगलबार दिउँसो गृह मन्त्रालयकै गाडीमा मन्त्रालय लगेर गलत मेडिकल रिपोर्ट बनाउन दबाब दिइएको थियो ।

मन्त्रालयमा गृहमन्त्रीले बोलाएको छ भनेर करिब १ घन्टा राखेपछि गृहमन्त्री थापाका राजनीतिक सल्लाहाकार सूर्य सुवेदी पथिकले गलत रिपोर्ट ‘बनाउनुहोस्’ भन्दै दबाब दिएका थिए ।

डा अधिकारीले ३४ वर्षभन्दा लामो चिकित्सकीय अभ्यासका क्रममा ‘मेडिकल इथिक्स’भन्दा बाहिर बसेर काम नगरेको भन्दै गलत रिपोर्ट नबनाउने अडान राखेपछि छाडिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *