बस र ट्याङ्कर एक आपसमा ठोक्किँदा ११ को मृत्यु
२०७४ जेठ १५ गते

“
तेहरान, असार २८ । इरानको पश्चिमी क्षेत्रमा बुधबार भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
इन्धन बोकेको ट्याङ्कर यात्रु बहाक बससँग ठोक्किएर दुर्घटना भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ ।
इरानको केन्द्रीय राजधानी तेहरानदेखि ४०० किलोमिटर टाढा पर्ने सानान्दाजमा रातिको समयमा दुर्घटना भएको बताइएको छ ।
दुर्घटनामा परी बसका यात्रुसहित सात जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले घटनाका कारण त्यस क्षेत्र शोकमा परेको बताएका छन् ।
चालकहरूको लापर्वाहीका कारण इरानमा हुने गरेका दुर्घटनामा परी वर्षेनी हजारौँको मृत्यु हुने गरेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








