पाल्पाः खोलामा बस खस्दा २६ घाइते, ४ को अवस्था गम्भीर
२०७४ जेठ १५ गते

“
काठमाडौँ, असार २८ । पाल्पाको भालेबास नजिकै यात्रुबाहक खोलामा खस्दा २६ जना घाइते भएका छन् भने ४ जनाको अवस्था निकै गम्भीर रहेको छ ।
लु १ ख ७२७२ नं को बस बिहिबार बिहान दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका हुन् ।
घाइतेमध्ये ४ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाइएको छ ।
घटनाको थप विवरण तथा जानकारी आउन बाँकी छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








