पाल्पाः खोलामा बस खस्दा २६ घाइते, ४ को अवस्था गम्भीर

काठमाडौँ, असार २८ । पाल्पाको भालेबास नजिकै यात्रुबाहक खोलामा खस्दा २६ जना घाइते भएका छन् भने ४ जनाको अवस्था निकै गम्भीर रहेको छ ।

लु १ ख ७२७२ नं को बस बिहिबार बिहान दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये ४ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाइएको छ ।

घटनाको थप विवरण तथा जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *