तपाईहरुलाई थाहा नै छैन,उनीहरुभन्दा त हामी बरिष्ठ हो

काठमाडौं, साउन ६ । डिआइजी नवराज सिलवालकै जसरी नेपाल प्रहरीको बढुवा सिफारिसमा अन्याय भयो भन्दै तीन उच्च अधिकृतले पुनरावलोकन समितिमा उजुरी दिएका छन् । केही दिन अघि एआईजी, डीआईजी र एसएसपीको बढुवा गरिएको थियो । यससँगै कसैलाई यसप्रति आपत्ति भए केही दिनभित्र उजुरी दिन जानकारी गराइएको थियो । नभन्दै समितिमा उजुरी पनि पर्यौ ।

हामी जुनियरलाई भेदभाव गरियो । यसरी हुँदै हुँदैन । सिनियरहरुको काम कारबाही हामीभन्दा पनि अल्छी पाराको छ । साँच्चै,को बरिष्ठ हो भनेर छानविन गर्ने हो भने उनीहरुभन्दा त हामी बरिष्ठ हौ । त्यसैले यो कुनैपनि हालतमा हुनै सक्दैन । आफूहरुलाई बढुवा गर्दा अन्यायमा पारिएको भन्दै डीआईजी मधुप्रसाद पुडासैनी, एसएसपी सुवासचन्द्र चौधरी र एसपी बिभुतिराज पाण्डेले पुनरावलोकन समितिमा उजुरी दर्ता गरेका हुन् ।

यता, गृहमन्त्री जनार्दन शर्माले जानी जानी उनीहरुलाई बढुवामा सिफारिस नगरेको बताएका छन् । उनीहरुलाई बढुवामा नपार्नु हाम्रो कुनै नियती नै थिएन । सबैको कामकारबाहीको मूल्यांकन गरेर नै बढुवाका लागि सिफारिस गरेका हौँ । यससँगै अब आयोगले बढुवा भएका र हुन नपाएका सबैको विवरण गृहमन्त्रालय मार्फत मागेर छानविन गर्ने बताइएको छ । यसरी पुनरावलोकन गर्दा उनीहरुको कामकारबाही तलमाथि भएको खण्डमा हेरफेर गर्न सकिने बताइएको छ ।

उजुरी दर्ता गर्ने तीनै भाइले गृह मन्त्रालयले आफूखुसी डिआइजीहरुको बढुवा गरेको भन्दै रोइकराइ गरेको थिए । वरिष्ठका आधारमा मधु पुडासैनी, माधव नेपाल, पंकज श्रेष्ठ, गोविन्द निरौला, राधाकृष्ण देउजा रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *