भरतपुर महानगरका मुद्दाहरु कार्यान्वयनमा समस्या 

भरतपुर,असार २७ । भरतपुर महानगरपालिकाको न्यायिक समितिले निर्णय गरेका मुद्दाहरु कार्यान्वयनमा समस्या देखिएको छ । कार्यान्वयनका लागि कानुनी रुपमा समस्या नभए पनि न्यायिक समितिलाई प्रयाप्त अधिकार नभएकाले कार्यान्वयनमा समस्या आएको हो ।

महानगरपालिकाले निर्णय गरिसकेका निवेदनहरुमध्ये कार्यान्वयनका लागि आवश्यक जनशक्ति र अधिकार नहुँदा कार्यान्वयनमा समस्या आएको न्यायिक समिति संयोजक तथा उममेयर पार्वती शाह ठकुरीले जानकारी दिइन् ।

महानगरपालिकाको न्यायिक समितिमा अहिले सम्म ७६ वटा निवेदन परेका छन् । जसमध्ये २८ वटा मुद्दाको समितिमार्फत कार्यान्वयन गराइएको छ । ‘पर्याप्त अधिकार नभएकाले कार्यान्वयनमा समस्या भएको हो’ उपमेयर शाहले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *