महालक्ष्मी विकास बैंकद्धारा छात्रवृती वितरण

कैलाली ,असार २७ । महालक्ष्मी विकास बैंक लि.शाखा कार्यालय नेपालगंज बांकेको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बुधबार छात्रवृती वितरण कार्यक्रम सम्पन्न भएको छ ।

बांकेको धम्बोजीमा रहेको श्री धम्वोझि माध्यमिक विद्यालय नेपालगंज उपमहानगरपालिका वडा.नं. १ धम्वोझिमा भएको सो छात्रवृत्ती वितरण कार्यक्रममा ३०० जना विद्यार्थी, शिक्षक , बैंकका कर्मचारी, अविभावक, सामाजिक व्यक्तित्व र पत्रकारहरुको सहभागिता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितीका सदस्य श्री ध्रुव प्रसाद दाहालकोे अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपालगंज उपमहानगरपालिका वडा नं. ०१ का वडा अध्यक्ष श्री प्रमोद रिजाल रहेका थिए भने विशिष्ठ अतिथिमा नेपालगंज उद्योग वाणिज्य संघका सदस्य श्री टंक बहादुर धामी, विद्यालय व्यवस्थापन समितिका सदस्य श्रीमती मुरजहा शेख र श्री महालक्ष्मी विकास बैक लि. शाखा कार्यालय नेपालगंज बांकेका शाखा प्रवन्धक श्री राजेन्द्र बहादुर शाह रहेका थिए ।

कार्यक्रमको उद्धेश्य बारे प्रकाश पार्दै शाखा प्रवन्धक श्री राजेन्द्र बहादुर शाहले यो विशेष अवसर प्राप्त भएकोमा बैंकको तर्फबाट गौरवान्वित महसुस गर्दै नेपाल राष्ट बैंक बाट स्विकृती प्राप्त राष्ट्रिय स्तरको ख वर्गको लिडिङ्ग विकास बैंकको केन्द्रीय कार्यालय दरवारमार्ग, काठमाण्डौमा रही पिछडिएको क्षेत्र प्रदेश नं. ७ का सम्पूर्ण जिल्लाहरु लगायत देश भरी विभिन्न प्रदेशका विभिन्न जिल्लाहरुमा ७३ वटा शाखा सञ्जाल रहेको यस विकास बैंकले विशुद्ध नाफामुलक मात्र नभई संस्थागत समाजिक उत्तरदायित्व वहन गर्ने उदेश्य अनुरुप छात्रवृत्ती वितरण गर्न लागीएको जानकारी दिए ।

सो अवसरमा विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थिहरु प्रेम बुढा, प्रशिद्धिका उपाध्याय, हिमानी रोकाया, ध्रुव बहादुर बुढा र अभि न्यौपाने गरी ५ जना लाई जनही रु. ५,०००  का दरले जम्मा रकम रु. २५,००० कार्यक्रमका प्रमुख अतिथि नेपालगंज उपमहानगरपालिका वडा नं. ०१ का वडा अध्यक्ष श्री प्रमोद रिजाल र महालक्ष्मी विकास बैक लि. शाखा कार्यालय नेपालगंज, बांकेका शाखा प्रवन्धक श्री राजेन्द्र बहादुर शाहले संयुक्त रुपमा चेक हस्तान्तरण गरे ।

कार्यक्रमको विशिष्ठ अतिथिको आसनबाट बोल्दै नेपालगंज उद्योग वाणिज्य संघका सदस्य टंक बहादुर धामीले बैंकको यस प्रकारको कार्यको सराहाना गर्दै कार्यक्रमले गरिव तथा जेहेन्दार विद्यार्थिहरुको भविष्य उज्जवल बनाउन सहयोग गर्ने भन्दै अन्य बैंक तथा वित्तिय संस्थालाई ग्रामिण स्तरमा यस्ता कार्यक्रम गर्न आग्रह गरेका थिए ।

सो कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै नेपालगंज उपमहानगरपालिका वडा नं. ०१ का वडा अध्यक्ष प्रमोद रिजालले यो कार्यक्रम नमुना कार्यक्रम भएको भन्दै बैंक तथा वित्तिय संस्थाले नाफामुलक मात्र नभई संस्थागत सामाजिक उत्तरदायित्य पनि बहन गर्ने रहेछन भन्ने समाजमा सकरात्मक सोचको विकास गर्ने भन्दै संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यमा अन्य बैंक तथा वित्तिय संस्थाले पनि हातेमालो गनुपर्ने धारणा व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक किरण आचार्यले स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक श्री वामदेव सुदेवीले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *