मेगा बैंकले ३६५ दिन सेवा दिने, सेवा अवधि पनि बढाइयो

काठमाडौँ, असार २७ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकको सुविधालाई ध्यानमा राखि उपत्यका भित्र र उपत्यका बाहिरका शाखा कार्यालयहरुको कारोबार समयावधि बढाएको छ ।

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले राजधानी भित्र र बाहिरका शाखाहरुमा कारोबारको समय थप गरेर सेवा प्रदान गरेको हो ।

काठमाडौंको राइजिङ मलस्थित केन्द्रिय कार्यालय भवनमा रहेको मुख्य शाखाले स्थापनाकालदेखि नै बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सेवा दिँदै आएको छ भने ठमेल शाखाले पनि साँझ ८ बजेसम्म सेवा दिँदै आएकोे छ । साथै उक्त शाखाहरुबाट वर्षमा ३६५ दिन नै ग्राहकले सेवा पाउने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

यसैगरी, उपत्यका भित्रकोे कलंकी, जावलाखेल र न्यूरोड शाखाबाट ग्राहकले बेलुकी ७ बजेसम्म सेवा लिन सक्नेछन् भने गोंगबु शाखा बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ । उपत्यका बाहिरको जनकपुर शाखाबाट ग्राहकले बेलुकी ७ बजेसम्म र हेटौंडा–II शाखाबाट बेलुकी ६ बजेसम्म सेवा लिन मिल्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

ग्राहकको सुविधालाई प्राथमिकतामा राखेर देशभरका विभिन्न शाखाहरुबाट शनिवार एवं सार्वजनिक विदाको दिनमा समेत बैंकिङ्ग सेवा लिन मिल्ने व्यवस्था मिलाएकोे बैंकले जनाएको छ ।

उपत्यकाभित्रका शाखाहरुमध्ये ६ वटा शाखाहरु र उपत्यका बाहिरका शाखाहरुमध्ये १० वटा शाखाहरु शनिवार एवं सार्वजनिक विदाको दिनमा समेत सञ्चालन हुनेछन् ।

उपत्यकाभित्रका थप ४ वटा शाखाहरु र उपत्यकाबाहिरका थप ३ वटा शाखाहरु शनिवार बाहेक अन्य सार्वजनिक बिदामा पनि खुल्ला रहने बैंकले जनाएको छ ।

शनिवार तथा सार्वजनिक विदाको दिनमा संचालन हुने शाखाहरु मध्ये गोंगबु र न्यूरोड— II शाखा दिउँसो २.०० बजे देखि बेलुका ५.०० बजेसम्म संचालन हुनेछन् भने बाँकी शाखाहरु विहान ११.०० बजे देखि दिउँसो २.०० बजे सम्म संचालन हुनेछन् ।

‘हलोदेखि हाइड्रोसम्म’ मुख्य नारा लिएको मेगा बैंकको हाल देशभर ९९ शाखा, १४ एक्टेनशन काउन्टर, २,००० मेगा रेमीट सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु, ७४ मेगा मनी मेशिन छन् ।

आउने आर्थिक बर्षमा समेत थप शाखा कार्यालयहरु, एक्शटेनसन काउन्टर, एटीएम सञ्जाल, शाखारहित केन्द्रहरु र मेगा रेमिट एजेण्टहरु खुल्ने मेगा बैंकले जनाएको छ साथै ग्राहकको चाहना बमोजिम नयाँ नयाँ सुविधाहरु थप्दै गुणस्तरीय सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

३६५ दिन नै सञ्चालन हुने शाखाहरु
– कमलादी
– ठमेल

शनिवार एवं सार्वजनिक विदाको दिनमा समेत सञ्चालन हुने शाखाहरु

– जावलाखेल
– महाराजगंज
– बौद्ध
– न्यूरोड– II
– विरगञ्ज– I
– नारायणगढ– I
– भैरहवा
– बुटवल
– भोजपुर
– ओखलढुङ्गा
– पोखरा–II
– बिराटनगर– II
– धनगढी– II
– इटहरी

शनिवार बाहेक अन्य सार्वजनिक बिदामा सञ्चालन हुने शाखाहरु

– ज्ञानेश्वर
– नयाँबानेश्वर– II
– कलंकी
– गोंगबु

– बिर्तामोड
– नेपालगंज
–हेटैडा– I

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *