भारतबाट ८ करोड बढीको समान आयात गर्दा ‘एलसी’ अनिवार्य

“
काठमाडौं,असार २७ । भारतबाट ८ करोड रुपैयाँ बढीको वस्तु आयात गर्दा अब देखी अनिवार्य रुपमा प्रतीतपत्र (एलसी) खोल्नुपर्ने भएको छ ।
यसअघि अधिकांशले भारतबाट जति सामान झिकाउँदा पनि एलसी खोल्ने गरेका थिएनन् । नयाँ मौद्रिक नीतिले भने ५ करोड भारतीय रुपैयाँ (नेपाली ८ करोड रुपैयाँ) भन्दा बढीको समान ल्याउँदा एलसी अनिवार्य खोल्नुपर्ने व्यवस्था गरेको छ ।
मौद्रिक नीतिले भने तेस्रो मुलुकबाट सामान आयात गर्नुपर्दा ४० हजार अमेरिकी डलरभन्दा माथिको कारोबारमा एलसी खोल्नुपर्ने पुरानै व्यवस्थालाई निरन्तरता दिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले वर्षौंदेखि नेपालमा कारोबार गरिरहेका कम्पनीसँग हुने कारोबारमा पनि अब एलसी चाहिने भएकाले केही झन्झट सिर्जना हुने उनले बताएका छन्। यद्यपी यसले भारतसँग अवैध रुपमा हुने ब्यापार र कर छली नियन्त्रण हुने विश्वास गरिएको छ ।
“








