वैदेशिक रोजगारीमा जानु पहिले नै यसरी ठगिन्छन् ४५ प्रतिशत युवा

काठमाडौँ, असार २७ । वैदेशिक रोजगारीमा जानेक्रममा ४५ प्रतिशत युवा नेपालमै ठगीने गरेको पाइएको छ । वैदेशिक रोजगारीमा जाने युवालाई निःशुल्क कानूनी सहयोग गर्ने संस्था मानव अधिकारका लागि जनमञ्च नेपाल (पिपुल फोरम) ले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

विदेशमा सबैभन्दा बढी मलेसियामा समस्या देखिएको छ । समस्यामा परेको भन्दै उजुरी दिन आएका मध्ये मलेसियामा २० प्रतिशत रहेको तथ्यांक छ । साउदीमा १५, कतारमा १०, युएईमा ४ र अन्य देशमा ६ प्रतिशत नेपाली समस्यामा परेको तथ्यांक सार्वजनिक भएको हो । पीडित हुनेमा ९१ प्रतिशत पुरुष र ९ प्रतिशत महिला छन् ।

पैसा लिई विदेश नपठाउने, विदेशमा भनेको काम र तलब नपाएको, विदेशमा अलपत्र परेको, लामो समयसम्म लास नपठाएको, मेडिकल फेल र संस्थागत कामको नाममा महिलालाई घरेलु काममा पठाउने गरेको फोरमले जनाएको छ । फोरमले आफ्नो कार्यालयमा निःशुल्क कानूनी सहयता लिन आएका पीडितको आधारमा तथ्यांक सार्वजनिक गरेको हो ।

पीडितले उजुरी दिएपछि आफ्नै पक्षमा फैसला भएपनि वैदेशिक रोजगार न्यायाधिकरणका फैसला कार्यान्वयनमा समस्या देखिएको छ । यस्तै केन्द्रिकृत न्याय प्रणाली, न्याय ढिला हुने, अधिकांश मुद्दामा प्रमाण नहुने, आरोपिहरु समयमा पक्राउ नपर्नु र सुन्य लागत नीति कार्यान्वयन नहुनु जस्ता समस्या रहेको फोरमले जनाएको छ ।

संस्थाले हालसम्म १८ हजार ५ सय ६९ जनाले निशुल्क कानूनी सहायता पाएका छन् । विभिन्न निकायबाट पीडितलाई ४५ करोड ३४ लाख ६९ हजार २ सय ८२ रुपैयाँ क्षेतिपूर्ति पाएका छन् ।

पिपुल फोरमले सर्वोच्च अदालतमा वैदेशिक रोजगार सम्बन्धी सार्वजनिक सरोकारका रिट ४ वटा निबेदन दर्ता गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *