अछामः बयलपाटामा जीप दुर्घटना हुँदा ५ घाइते

काठमाडौँ, असार २७ । अछामको बयलपाटामा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

जयगढ बजारबाट साँफेबगर जाँदै गरेको से१त ३६८ जीप साँफेबगर नगरपालिकाको वयलपाटास्थित जनता क्याम्पस नजिक दुर्घटना हुँदा ५ जना घाइते भएका हुन् ।

जीपको ब्रेक फेल भइ सडकमै पल्टिएर दुर्घटना भएको र जीप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा जीपमा सवार बान्नीगढी जयगढ गाउँपालिका–५ का सेतु परियार, वडा नम्बर ६ का दिनेश परियार, रामारोशन गाउँपालिका–७ का मनपती भण्डारी, कलसी भण्डारी र पदम परियार रहेको अछाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =