स्थानीय तहमा नै रोजगारी दिने तयारी भइरहेको छ: श्रममन्त्री विष्ट

काठमाडौँ, असार २७ । स्थानीय क्षेत्रका बेरोजगार युवाहरुलाई रोजगारी दिने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले बताए ।

वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको राष्ट्रिय भेला, २०७५ लाई सम्बोधन गर्दै आज मन्त्री विष्टले स्थानीय सूचना प्रणाली मार्फत् बेरोजगार युवाको तथ्यांक संकलन गर्ने र सोही अनुरुप रोजगारीको अवसर सिर्जना गर्ने बताएका हुन् ।

‘अर्काे वर्षभित्र नेपालको रोजगारीको स्थितिमा परिवर्तन आउनेछ ।’ उनले भने । देशभित्रै युवाहरुको दिगो रोजगारीका लागि सरकार गम्भिरताका साथ लागेको उनले प्रष्ट पारे ।

श्रममन्त्री विष्टले मलेसियामा रोजगारीका लागि गएका केही युवाको मासिक २० हजार मात्र कमाइ हुने भएकाले अब स्वदेशमै कम्तिमा श्रमिकको मासिक १६ हजारभन्दा बढी कमाइ हुने भन्दै युवाहरुलाई हतोत्साहित नहुन समेत पहल गरेका छन् ।

नेपालीसँग भएको सीप र दक्षतालाई स्वदेशभित्रै सिञ्चित गर्न युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले बताए । उनले नेपालीको प्रतिष्ठा कायम गर्न स्वयम् लाग्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय भेला मार्फत कृषि, पशुपालन, सार्वजनिक यातायात प्रणाली, पर्यटन लगायतका क्षेत्रमा प्रशस्त रोजगारीको अवसर रहेको भेलामार्फत युवाहरुले सरकारलाई ध्यानाकर्षण गराएका थिए ।

राज्यका लागि जस्तोसुकै योगदान गर्न तयार रहेको भन्दै स्वदेशभित्रै रोजगारीको अवसर सिर्जना गर्न उनीहरुले सरकार समक्ष कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *