“””वार्तामा आउन नचाहेको”” भन्ने भनाइ सरकारले चलाएको हल्ला मात्र– डा. केसी”

काठमाडौँ, असार २७ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १२ दिनदेखि अनसनरत डा. गोविन्द केसीले वार्तामा बस्नको लागि अस्वीकार गरेको भन्ने सरकारको भनाइ गलत भएको बताएका छन् ।

उनले सरकारी अधिकारीले वार्ताको पहल गर्दा आउन नचाहेको हल्ला चलाएको र सरकारका तर्फबाट वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्ति गलत भएको प्रेस विज्ञप्ति मार्फत् स्पष्ट पारेका हुन्।

उनले सरकारले वार्तामा आउन आग्रह गर्दा नआएको भन्ने भनाइलाई खण्डन गर्दै विज्ञप्तिमा भनेका छन्, ’ ‘यतिका दिनसम्म संवेददनहीन र गैर जिम्मेवारीपूर्ण रूपमा माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरूले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ। हामी कुनै पनि बेला वार्ताका लागि तयार रहेको र सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने जानकारी पनि गराउन चाहन्छौँ ।’

विज्ञप्तिमा दलीय स्वार्थ र पूर्वाग्रह छाडेर नेपालीको हित सुनिश्चित हुने गरी कामहरू गरेर वार्ता सफल बनाउने गृहकार्य गर्न पनि स्मरण गराइएको छ।

साथै उनले सरकारलाई दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी कामहरु गरेर वार्ता सफल बनाउने गृहकार्य गर्न स्मरण समेत गराएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *