कर्णाली प्रदेश: जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ शुरु

सु्र्खेत, असार २७ । कर्णाली प्रदेशको जुम्ला जिल्लाद्वारा आयोजित राष्ट्रियस्तरको ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ शुरु भएको छ ।

राष्टिय एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह र अल्ट्रा विश्व च्याम्पियन मीरा राईले संयुक्तरुपमा ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ को आज बिहान उद्घाटन गर्नुभयो । सो खेलमा ३२० जना खेलाडीले भाग लिएको कर्णाली खेलकुद क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।

४९ किलोमिटको उक्त प्रतियोगितामा पूर्वमा झापा, धनकुटा, भोजपुर, मध्यमाञ्चलमा सिन्धुपाल्चोक, काठमाडौँ धादिङ, पश्चिमाञ्चलमा कास्की, स्याञ्जा मध्य तथा सुदूरपश्चिम गरी १४ जिल्लाका खेलाडीले भाग लिएको उहाँले बताउनुभयो ।

म्याराथुनका प्रतिस्पर्धीले जुम्लादेखि रारा पुग्न दुई हजार ३२४ देखि तीन हजार ६०० मिटरसम्मको उचाइ पार गर्नुपर्नेछ । ट्रेल रेसका खेलाडीको अधिकतम सहभागिता रहेको आयोजक क्लबले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *